singel post top banner

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

डाँफे संवाददाता डाँफे संवाददाता
|
बिहिबार, फाल्गुन २९, २०८१
|
|
९८ पटक हेरिएको
Shares
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

सारांश

  • नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
  • राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ २४ पैसा र बिक्रीदर १३९ रुपियाँ ८४ पैसा कायम भएको छ।
  • युरोपियन युरो एकको खरिददर १५१ रुपियाँ ९४ पैसा र बिक्रीदर १५२ रुपियाँ ५९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रुपियाँ ४१ पैसा र बिक्रीदर १८१ रुपियाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपियाँ ८५ पैसा र बिक्रीदर १५८ रुपियाँ ५३ पैसा कायम गरिएको छ।

काठमाडौं, फागुन २९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ २४ पैसा र बिक्रीदर १३९ रुपियाँ ८४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५१ रुपियाँ ९४ पैसा र बिक्रीदर १५२ रुपियाँ ५९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रुपियाँ ४१ पैसा र बिक्रीदर १८१ रुपियाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपियाँ ८५ पैसा र बिक्रीदर १५८ रुपियाँ ५३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ५९ पैसा र बिक्रीदर ८७ रुपियाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ६२ पैसा र बिक्रीदर ९७ रुपियाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ४४ पैसा र बिक्रीदर १०४ रुपियाँ ८९ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ३७ पैसा र बिक्रीदर नौ रुपियाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २३ पैसा र बिक्रीदर १९ रुपियाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ १३ पैसा र बिक्रीदर ३७ रुपियाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २० पैसा र बिक्रीदर ३८ रुपियाँ ३७ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ११ पैसा र बिक्रीदर चार रुपियाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९१ पैसा र बिक्रीदर ३८ रुपियाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४३ पैसा र बिक्रीदर ३१ रुपियाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ८२ पैसा र बिक्रीदर १३ रुपियाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ३७ पैसा र बिक्रीदर २० रुपियाँ ४६ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९२ पैसा र बिक्रीदर १८ रुपियाँ, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ ८० पैसा र बिक्रीदर ४५३ रुपियाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपियाँ ३६ पैसा र बिक्रीदर ३७० रुपियाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपियाँ २३ पैसा रहेको छ। भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

डाँफे संवाददाता
डाँफे संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
‘चितवनमा हाइब्रिड’ मकैको बीउ पाउन कठिन
‘चितवनमा हाइब्रिड’ मकैको बीउ पाउन कठिन
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
singel sidbar banner
singel sidbar banner 2